सूचनाको शक्ति - The Power Of Information

        

नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय पक्राउ

कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बरेली घर भइ हाल भीमदत्त नगरपालिका जानकी टोलमा डेरा गरी बस्दै आएका भारतीय नागरिक अनुप शर्मालाई प्रहरीले नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर र ल्यापटपसहित पक्राउ गरेको हो ।

नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर एक थान, ल्यापटप एक थान, एक हजारका नेपाली नक्कली नोट तथा त्यसमा प्रयोग गरिने कागजहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ११:३०