सूचनाको शक्ति - The Power Of Information

        

नेपाल आइपुगे चिनियाँ रक्षामन्त्री, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर आजै फर्किने

काठमाडौं । चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आइपुगेका छन्।

चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन्।

चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार ११:१७