कैलाली । कैलालीमा दुई किशोरीमाथि सामूहिक रुपमा जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धीरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
उनीहरुसहित ९ जनाले गत कात्तिक ८ गते जानकी गाउँपालिका–५ का १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेका प्रहरीले जनाएको छ । जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
बलात्कारमा संलग्न ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई जनालाई बाल सुधार गृह पठाइएको छ । बलात्कार आरोपी एकजना अझै फरार रहेका प्रहरीले जनाएको छ ।
सत्यपाटी ।