सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : कर्कटलाई धन लाभ, तुलालाई भय

२०७७ मंसिर १४ गते, आइतवार, २९ नोभेम्बर २०२० । कार्तिक शुक्लपक्ष, चतुर्दशी तिथि (१२ः३९ बजेदेखि पूर्णिमा) कृत्तिका नक्षत्र (३०ः३७ बजेउप्रान्त रोहिणी), चन्द्रराशि, मेष, १०ः४८ बजेदेखि वृष ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च लागे पनि नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । भैपरी आउने खर्च बढे पनि आवश्यक पर्दा सरसापटमार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ । आवश्यकता पूरा हुनेछ र मिहिनेतको फल प्राप्त हुनेछ । काम बन्नेछ, रकम प्राप्त हुनेछ । उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ । विगतका कर्मको पनि उचित प्रतिफल प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । तर, अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समयमा लगनशील बन्न नसक्ता अलि पछि परिनेछ । नयाँ जिम्मेवारी पाइनेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै दिगो फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

स्वास्थ्य कमजोर रहनाले मनमा भय उब्जन सक्छ । धेरै श्रम गर्नुपरे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले पनि हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । सामान्य उपलब्धि हासिल गर्न पनि केही समय प्रतीक्षा गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्न सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

ठूला व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सावधानीसाथ काममा उत्रनुपर्ला । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पहिलेको उपलब्धि कमजोर देखिए पनि काममा शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै फाइदा दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट लाभ हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा अर्थलाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ । बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला । कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ । बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारो पर्दा अग्रजहरूले साथ नदिन सक्छन् । तापनि मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । लाभांश खर्च भए पनि व्यापार बढ्नेछ । प्रतिस्पर्धीलाई व्यवहारले उछिन्न सकिनेछ । (नेपाली पात्रो)

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार ०६:२६