सूचनाको शक्ति - The Power Of Information

        

जन्ती बोकेको जिप दुर्घटना : मृतक संख्या ५ पुग्यो

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–७ मा शुक्रबार भएको जिप दुर्घटनामा थप एकको मृत्यु भएको छ । वडा नं ८ का ५८ वर्षीय लालबहादुर सार्कीको उपचारकै क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते उनलाई थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा जाजरकोटमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । यससँग उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

वडा नं १० को घारीखोलाबाट जन्ती लिएर फर्केको रा१ज ५८९ नम्बर जिप शुक्रबार बेलुकी साढे ८ बजे सडकबाट खसेको थियो । दुर्घटनामा आठबिसकोट–८ का गोरे नेपाली, सार्के नेपाली, आइते चदारा र कलिभान नेपालीको घटनास्थलमै मृत्यु भएको थियो ।

चालक डिल्लीबहादुर नेपाली शुक्रबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार ०९:३६