सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा विश्वमा ९ हजार ३१० कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ३१० कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख २६ हजार १०१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ४१ हजार १५७ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ५ लाख ३४ हजार ५२६ पुगेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार ०८:५५