सूचनाको शक्ति - The Power Of Information

        

बिहानै दुखद खबरः

गुल्मीको इस्मामा जिप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु, तीन जना घाइते

घाइतेहरुको उपचार गुल्मी अस्पतालमा

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका  छन् । हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

 दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परेर इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुसल रहेको अधिकारीले बताए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०८:५४