सूचनाको शक्ति - The Power Of Information

        

विश्व फुटबलका महान खेलाडी डिएको म्याराडोनाको अन्त्येष्टि

काठमाडौं ।  विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अर्जेन्टिनाको ब्युनस आयर्सस्थित  चिहान घरमा अन्त्येष्टि गरिएको छ ।

बिहीबार भएको अन्त्येष्टि समारोहमा परिवारका सदस्य, आफन्त र नजिकका साथी गरी २५/३० जना मानिस सह्रिक भएका थिए ।

उनको कफिन लगिँदै गर्दा भने ठूलो संख्यामा उनका फ्यानहरुले अन्तिम बिदाई गरेका थिए । अधिकांशका आँखा रसाएका थिए । उनीहरुले म्याराडोनाको कफिन तर्फ चुम्बन गरेका थिए ।

म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसहरुको भीड अत्याधिक भएपछि प्रहरीले अश्रु ग्यास र रबर बुलेटसमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घरमा म्याराडोनाको पार्थिव शरीर गाडिएको हो । घरमै रहेका बेला उनलाई बुधबार हृदयघात भएको थियो । ६० वर्षका म्याराडोनाको दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०८:१८