सूचनाको शक्ति - The Power Of Information

        

भारतमा २४ घण्टामा थप ४३ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार १७४ कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ४९१ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ९३ लाख नौ हजार ८७१ पुगेको छ। तीमध्ये एक लाख ३५ हजार ७५२ जनाको ज्यान गएको छ।

अहिलेसम्म ८७ लाख १७ हजार ७०९ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिले सक्रिय संक्रमित चार लाख ५६ हजार ४१० जना छन्। आठ हजार ९४४ गम्भीर बिरामी छन्।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०८:१३