सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा विश्वमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १४ लाख १६ हजार २९२ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड ७४ हजार १७४ पुगेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०८:०९