सूचनाको शक्ति - The Power Of Information

        

बलात्कार लुकाउन एक तोला सुनको प्रलोभन

सांकेतिक तस्वीर

बैतडी । एक तोला सुनको प्रलोभनमा सामसुम पार्न खोजेको बलात्कार घटना झण्डै ६ महिनामा सार्वजनिक भएको छ ।

आरोपितले तमसुक गरे अनुसार सुन नदिएपछि पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको छ । सिगास गाउँपालिका ३ की एक १८ वर्षीया किशोरीलाई जेठमा स्थानीय दिपकसिंह धामीले बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

ती किशोरी साँझ समयमा बलात्कृत भएको घटनालाई असार १४ गते गाउँमै तमसुक बनाएर मिलाइएको पाइएको जिल्ला प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

‘पीडित पक्षसँगको प्रारम्भिक कुराकानीपछि किशोरीमाथि बलात्कार भएको देखिएको छ’, ‘अधिकारीले भने उनीहरुलाई सुन दिने प्रलोधनमा घटना लुकाएको पाइएको छ । हामीले यो घटनाम सूक्ष्म रुपले अनुसन्धान अगाडि बढाएका छौं ।’

पीडित पक्षलाई कातिक मसान्तभित्र सुन दिने सर्त राख्दै तमसुक बनाएको देखिन्छ । तर, त्यसबमोजिम सुन दिनुको सट्टा पीडकले धम्क्याउन थालेपछि बलात्कार घटना प्रहरीमा पुगेको हो ।

यो घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याउने प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।annapurnapost

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०८:०६