सूचनाको शक्ति - The Power Of Information

        

अपराध

सुत्केरी प्रेमीका छाडेर प्रेमी फरार भएपछि…

बाँके । २१ दिने सुत्केरी छोरी र नातिनीको स्वास्थ्यमा समस्या आएपछि डुडुवा गाउँपालिका–५ डलैपुरकी हस्ती बराल समस्यामा छिन् । २१ दिन पहिला भेरी अञ्चल अस्पतालमा नातिनीलाई जन्म दिएकी उनकी छोरी आकृती बराल (नाम परिवर्तन)ले प्रयाप्त आहाराको अभावका कारण स्वास्थ्य समस्या देखिएको हो ।

उनलाई बेलाबेला मुर्छा पर्ने र शरिर पुरै सुन्निनेजस्ता समस्या देखिन थालेको छ । एउटै विद्यालयमा अध्ययन गर्ने साथीसँगको माया प्रेमको सम्बन्धबाट गर्भवती भएकी स्मृती बराल हाल १८ वर्ष पुगेकी छन् । गर्भवती भएको कुरा जानकारी पाएदेखि फरार रहेका उनका प्रेमी सन्तोष बलामी मगर हाल भारत गएका छन् ।

सन्तोषका परिवारले छोरा घर नभएको भन्दै अस्वीकार गरेपछि सुत्केरी अवस्थामा रहेकी आकृती अलपत्र परेकी छिन् । आमा हस्तीका अनुसार गाउँकै विद्यालयमा अध्ययन गर्ने दुवैबीच प्रेम सम्बन्ध रहेछ, सन्तोषले विवाह गर्ने बचन दिएर शारीरिक सम्बन्ध राखे । सम्बन्धपछि उनको गर्भमा सन्तोषको बच्चा बस्यो यो कुरा सन्तोषलाई जानकारी गराउँदा आवश्यक सल्लाह दिनुको साटो बहाना बनाएर उनी भागेका थिए ।

सुत्केरी हुनु पहिले सम्पर्क गर्दा तिहार मनाउन आउनेजस्तो कुरा गरेका सन्तोष सुत्केरी भएपछि धेरैपटक मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आएका छैनन् । शारीरिक अपांगता भएकी हस्ती ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आइरहेकी थिइन् । लकडाउनका कारण अहिले त्यो पनि बन्द छ । आर्थिक अभावको ठुलो मारमा परेकी हस्ती ११ वर्ष पहिले श्रीमानले छोराछोरीलाई हस्तीको काखमा छाडेर कान्छी श्रीमती लिएर भारतमा छिरेका थिए । उनी अहिलेसम्म फर्केका छैनन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार १४:४३