सूचनाको शक्ति - The Power Of Information

        

आँगनमै घुम्ती राइसमिल, कृषकहरू खुसी

कपिलवस्तु । घरआँगनमै घुम्ती राइसमिल ल्याइन थालिएपछि कपिलवस्तुका किसानहरूले अब धान कुटाउन मिलसम्म बोरा बोक्नु नपर्ने भएको छ । यतिबेला कपिलवस्तुका गाउँघरमै घुम्ती मिल लिएर जानेहरूले किसानलाई सेवा दिन थालेका छन् । करिब साढे ५ लाख रुपैयाँ लागतमा आउने राइस मिल ट्याक्टरमा जडान गरी डुलाउन सकिन्छ ।

ट्याक्टरकै इन्जिनबाट चल्ने हुँदा विद्युत् आपूर्ति बन्द हुँदासमेत मिल चलाउन सकिन्छ । ‘मिलका कारण घरमा सेवा पाएको हुँदा कृषकलाई निकै सहयोग पुराएको छ, धान कुटाउन मिलसम्म पुर्याउने ल्याउने झन्झटबाट मुक्त भएका छन्, ओसारपसार गर्दा लाग्ने ढुवानीसमेत बचत भएको छ,’ कपिलवस्तु बुद्धभुमी–३ दुवियाका कृषक धर्मराज गैरेले भने ।

अहिले प्रतिक्विन्टल १८० रुपैयाँका दरले धान कुटिएको छ । मिलबाटै भुस र चामल छुट्याउन सकिने र अन्य मिलमा भन्दा सस्तो दरमा धान कुटाइएको हुँदा कृषकहरू खुसी भएका घुम्ती मिल सञ्चालक जङ्ग प्रसाद खनालले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ११:२३