सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

पछिल्लो २४ घण्टामा १९४८ संक्रमित, ३१४० डिस्चार्ज, २८ जनाको मृत्यु

उपत्यकामा ८३५ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १३८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १९४८ जना कोरोना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३१४० जनाले कोरोना जितेर संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ ।

२४ घण्टामा ९२१० जनाको पीसीआर परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा ८३५ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार १७:००