काठमाडौं । अहिले देशमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ भने लुम्बिनी प्रदेशमा साथै बाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहनेछ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
त्यस्तै सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने सुदुरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य भू-भागमा आंशिक वदली रहनेछ ।
त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भाग एक दुई स्थानमा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
सत्यपाटी ।