काठमाडौं । इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा हुने सैन्य गतिविधिले स्थानीय विस्थापित हुने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएसँगै त्यहाँका नागरिकको सुरक्षाको विषयलाई लिएर राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।
तीन सातादेखि सरकारी सेना र विद्रोहीबीच जारी संघर्ष अन्त्यका लगि सरकारले अल्टिमेटम दिएसँगै सर्वसाधारणको रक्षाको विषयलाई लिएर राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । विद्रोही र सरकारी सेनाबीच जारी युद्धकै कारण यसअघि नै हजारौं सर्वसाधारण विस्थापित भइसकेका छन् ।
सरकार र विद्रोहीका सैन्य गतिविधिले अझै बढी नागरिक पलायन हुने भन्दै विभिन्न दातृ निकायहरुले वार्ताबाट समस्या समाधानको पहल गर्न आग्रहसमेत गरेका छन् ।
यता विद्रोही समूहले भने सरकारी चेतावनीको प्रतिकार गर्ने जनाएको छ । उनीहरुले युद्धलाई जारी राख्नेसमते घोषणा गरेको समाचारमा जनाइएको छ ।यसैबीच मानवअधिकार आयोगले इथियोपियामा यो महिनामा तिग्रे क्षेत्रमा विद्रोहीले युवाहरुको नरसंहार गरेको दावी गरेको छ ।
विद्रोहीले ६ हजार भन्दा बढी मानवअधिकार उल्लंघनका घटना गरेको दावी गरेको छ । जसमा व्यक्ति हत्या सबैभन्दा बढी रहेको मानवअधिकारवादीले जनाएका छन् । एजेन्सी
सत्यपाटी ।