सूचनाको शक्ति - The Power Of Information

        

पाल्पामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन घाइते

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवामा मंगलबार राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जुठापौवाको चहला भित्री कच्ची सडकमा दमारबाट माझीटोल जाँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदासहचालक १९ वर्षीय रमन भट्टराईको मृत्यु भएको हो ।

दुर्घटनामा जुठापौवा चहलाकै १६ वर्षीय रक्षा केसी, १५ वर्षीय सविक्षा केसी र १४ वर्षीय विकास रायमाझी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । घाइतेको उपचार भइरहेको छ ।

पराल बोकेको ट्याक्टर कच्ची सडकमा अनियन्त्रित भएपछि १० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ०८:०६