सूचनाको शक्ति - The Power Of Information

        

चैनपुरमा छैठौ उद्योग दिवस मनाइयो

बझाङ । ‘उद्योग र रोजगार सम्वृद्धिको आधार’ भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय चैनपुरले मंगलबार विभिन्न कार्यक्रम गरी छैठौ उद्योग दिवस मनाएको छ । दिवसका अवसरमा बोल्दै कृषि ज्ञान केन्द्रका निमित कार्यालय प्रमुख रामलाल जोशीले कृषि र उद्योग एक अर्काको पाटो भएकाले स–साना उद्योगलाई प्राथमिकता दिई युवाहरुलाई आत्मर्निभरता बनाउन उद्योग सञ्चालनतर्फ आकर्षित गर्नुपर्ने बताए ।

दिवसकै अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जिल्लामा साना उद्योगदेखि लिएर ठुला हाइड्रोपावरको सम्भावना भएको पश्चिम सेती र जिल्ला बहुमुल्य जडिबुटीदेखि भेडा, बाख्रापालनबाट स्थानीयस्तरमा रोजगारको सम्भावना रहेको बताए । उनले जिल्लामा सना तथा ठूला उद्योगहरु सञ्चालनको सम्भावनालाई खोजी गर्दै सरकार अघि बढिरहेकोले यसमा सरकारमात्र नभई निजी लगानी कर्तालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

घरेलु तथा साना उद्योग बझाङले लघुउद्यमदेखि ठुलाठुला उद्योगको सम्भावयता अध्ययन गरी काम अगाडि बढाउने र स्थानीय सरकारसँग समन्वय गरेर उत्पादनमा समेत जोड दिइरहेकोले महिला तथा युवाहरुलाई सीपमूलक तालिमहरु दिएर आत्मनिर्भर गराउने खालका कामहरु भइरहेको घरेलु तथा साना उधोग बझाङका निमित्त कार्यालय प्रमुख दशरत जप्रेलले बताए । साथै उद्योग दिवसको अवसरमा उद्यमीलाइ सम्मान गर्नुका साथै सदरमुकाम चैनपुरमा प्रभातफेरि कार्यक्रम समेत गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार १६:०६