सूचनाको शक्ति - The Power Of Information

        

तोलामा १८०० रुपैयाँले घट्यो सुनको मूल्य, आज यतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । तोलामा १ हजार ८ सय रुपैयाँले घटेपछि मंगलबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९३ हजार ८ सय थियो ।

सोमबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३० रुपैयाँ घटेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ११:१८