सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु

काठमाडौं ।  चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ।

आज बिहान उपचारको क्रममा भरतपुर अस्पतालमा रत्ननगरपालिका १० बस्ने ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी मंसीर ४ गते ज्वोरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

उनको आइतवार कोभिड १९ पोजेटीभ पुष्टी भएको थियो। कोभिड आइसियु वार्डमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान ७ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार १०:०३