सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा थप २३ जनामा कोरोना पुष्टि

चितवन ।  चितवनमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर कोभिड अस्पताल प्रयोगशालामा गरिएको १ सय ७३ नमुना परिक्षणमा २३ वटामा पोजेटिभ आएको हो।  संक्रमति हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १४ र रत्ननगरका ४ जना छन्।

यस्तै नवलपरासीका गैंडाकोट र कावासोतीका गरी ५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जनाकारी दिइन्।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ०८:२६