काठमाडौं । दिल्लीको नन्द नगरी क्षेत्रस्थित सुन्दर नगरीमा भारतीय जनता पार्टी (बीजेपी) नेता तथा आरटीआर्य कार्यकर्ता जुल्फिकार कुरैशीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
उनी बिहानै नमाज पढ्न जाने क्रममा उनको हत्या भएको थियो । मस्जिद बाहिर उनलाई गोली हानिएको थियो । साथै उनका छोरालाई चक्कुले प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनका छोरालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
सत्यपाटी ।