सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा सदस्यमा मनोनीत पाण्डेको सपथ आज

काठमाडौं । नेपाली कांग्रेका तर्फबाट समानुपातिक सांसद मनोनीत मोहनप्रसाद पाण्डेले आज सपथ लिँदैछन्। उनलाई सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछन्।

कांग्रेस समानुपातिक सांसद सूर्यप्रसाद केसीको निधन भएपछि पाण्डे सांसद बन्ने भएका हुन्। खस आर्य कोटामा सांसद बनेका केसीको १७ कात्तिकमा निधन भएको हो।

रिक्त पदमा निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा केसीपछि पाण्डेको नाम भएकाले उनी सांसद हुने जानकारी संसद सचिवालयलाई दिएपछि आज सपथको तयारी गरेको सचिवालयले जनाएको छ।

स्याङजाका पाण्डे यसअघि संविधानसभा सदस्य थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १०:१९