सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

काठमाडौं उपत्यकामा ९५७ सहित १६६९ कोरोना संक्रमित थपिए

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा १६६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १३२१ जना पुगेको छ ।

आइतबार देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंका ७३३ , ललितपुरमा १३१ र भक्तपुरमा ५३ गरी ९५७ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतवार १६:४३