सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणपछि स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन

काठमाडौं ।  कोरोना भाइरसको संक्रमणपछि अस्पतालमा उपचाररत स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन भएको छ।

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राती १०:४० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

उनलाई १७ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। कोरोना पोजिटिभ देखिएपछि उनको स्वास्थ्य गम्भीर भएको थियो। उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो।

विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत देवको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणिय क्षति पुगेको नेपाल स्वास्थ्यकर्मी युनियनले जनाएको छ।

५४ वर्षीय देव युनियनका सहसचिव थिए। उनको परिवारमा बाबु, आमा, श्रीमती, छोरा, छोरी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतवार ०८:४६