काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क कोरोनाको निःशुल्क परीक्षण गर्ने भएको छ ।
सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर गर्न आजबाट स्वाब संकलन गर्न सुरु गरिएको महानगरले जनाएको छ ।
यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
काठमाडौं उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना सङ्क्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए । संक्रमणको चक्र तोड्न पुनः लकडाउन गर्नु पर्ने उनको भनाइ छ ।
लकडाउन हटेसँगै बजारमा भीड बढेकाले यसको नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पुनः लकडाउनको सुझाव दिएको उनले बताए ।
सत्यपाटी ।