काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि दैनिक रात्रिकालीन कफ्र्यू लगाइएको छ ।
डिसेम्बर २१ सम्म कफ्र्यू कायम रहने आवश्यकता अनुसार यसलाई बढाउन सकिने अधिकारीहरुले जनाएका छन् ।
क्यालिफोर्नियामा गत अगष्ट महिनाको भन्दा पनि अबस्था बिग्रिएपछि थप नियन्त्रणका उपाय लागु गर्न थालिएको हो ।
राज्यमा १० लाख बढी संक्रमित छन् ,जुन टेक्सस पछिकै धेरै हो । अमेरिकाभर पनि कोरोनाबाट मृत्यु हुनेको संख्या जुन महिना पछि पहिलो पटक दैनिक २ हजार नाघेको छ ।
अमेरिकाभर हालसम्म १ करोड २४ लाख भन्दा बढी संक्रमित छन् भने मृतकको संख्या २ लाख ६१ हजार नाघेको जोन हप्किङ्स विश्वविद्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ लाख ८७ हजार नयाँ संक्रमित थपिएका छन् ।
धेरै राज्यहरुले मास्कलाई अनिवार्य बनाउंदै विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरेका छन् । (एजेन्सी)
सत्यपाटी ।