सूचनाको शक्ति - The Power Of Information

        

धारामा पानी लिन जाँदा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

नवलपरासी । किशोरीलाई बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीय १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेकाा जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । कात्तिक २७ गते राति शिकोरी धारामा पानी लिन जाँदा उनीहरुले बलात्कार गरेका हुन् ।

पक्राउ परेका व्यक्तिले बालिकाको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगँैचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताइन् । किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतवार ०८:०१