सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम कस्तो

काठमाडौं ।  पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभए पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भएको हो ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ ।

देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०८:२०