सूचनाको शक्ति - The Power Of Information

        

इथियोपियामा विद्रोहीहरुले लिए दुईवटा शहर नियन्त्रणमा

काठमाडौं । इथियोपियाली विद्रोहीहरुले उत्तरी तिग्रे क्षेत्रका दुई वटा शहर नियन्त्रणमा लिएका छन् ।

लामो समयदेखि संघर्ष गरी रहेको विद्रोही समूहले तिग्रे क्षेत्रमा रहेका एक्सम र अदबा शहर कब्जामा लिएको समाचारमा जनाइको छ ।

तर दुई सातादेखि जारी तनावमा सरकारी र विद्रोही सेनाबीच झडप हुँदा सर्वसाधारण मारिनुका साथै विस्थापित भएका छन् ।

विद्रोही समूह टाइग्रे पीपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) र केन्द्र सरकारबीच लामो समयदेखि जारी द्वन्द्वमा हजारौं नागरिक मारिनुका साथै विस्थापित भएका छन् ।

दुई साताअघि सरकारी सेनाले विद्रोहीमाथि कारवाही थालेपछि थप हमलाहरु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विद्रोहीहरु उत्तरी अडिग्राट सहरतर्फ बढेको बताइएको छ । उक्त क्षेत्रमा १० लाख भन्दा बढी सर्वसाधारणको बसोबास रहेकाले थप चिन्ता उत्पन्न भएको बताइएको छ ।(एजेन्सी)

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०८:१७