सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा विश्वमा १० हजार ५१६ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा १० हजार ५१६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ५५ हजार ९६३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २० हजार ७४४ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ६६ लाख २३ हजार ६४३ पुगेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०८:१२