सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा कोरोनामुक्त हुनेको संख्या चार करोड नाघ्यो, २४ घण्टामा ३ लाख ८६ हजार निको

काठमाडौं। गत २४ घण्टामा विश्वमा थप तीन लाख ८६ हजार ७१३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या चार करोड ९३ हजार १७३ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ६९.२६ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७८ लाख ८८ हजार १२ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ६४ लाख १८ हजार ९० रहेको छ।

नेपालमा शुक्रबार थप पाँच हजार ३६४ सहित कूल एक लाख ९१ हजार दुई जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल २४ हजार ६६५ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ८४ लाख ७५ हजार ८९७ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि चार लाख ४१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ७३ लाख ११ हजार ७०८ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ४६ लाख ९५ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५४ लाख २२ हजार १०२ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख २९ हजार ४०० रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १५ लाख ५१ हजार ४१४, कोलम्बियामा ११ लाख ३८ हजार ५८१, पेरूमा आठ लाख ७३ हजार ९७०, अर्जेन्टिनामा ११ लाख ७७ हजार ८१९, दक्षिण अफ्रिकामा सात लाख सात हजार ४०, मेक्सिकोमा सात लाख ६६ हजार ३६१, इरानमा पाँच लाख ८९ हजार २५, जर्मनीमा पाँच लाख ७९ हजार १०० तथा इटलीमा पाँच लाख २० हजार २२ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०८:०९