सूचनाको शक्ति - The Power Of Information

        

भारतको मध्य प्रदेशमा पनि कर्फ्यू, सर्वसाधारणबाट विरोध

काठमाडौं ।  भारतको मध्यप्रदेशमा पनि आजबाट रातको समयमा कर्फ्यू लागु गरिएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि  मध्यप्रदेश सरकारले केही शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म हिडडुल गर्न पाइने छैन ।

तर, अत्यावश्यक सेवामा कार्यरत र उद्योगधन्दामा काम गर्ने श्रमिकलाई भने कर्फ्यूको समयमा पनि हिडडुल गर्न दिइने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नागरिकले भने कर्फ्यूको विरोध गरेका छन् । शुक्रबार रातिबाट भारतको अहमदाबादमा पनि कर्फ्यू लगाइएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०८:०६