सूचनाको शक्ति - The Power Of Information

        

घुस रकमसहित मालपोतका दुई कर्मचारी पक्राउ

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय, नेपालगन्जले मालपोत कार्यालय दाङका दुई जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । घुस रकम माग गरेको उजुरीको आधारमा आयोगले शुक्रवार मालपोतका कर्मच्चारी पक्राउ परेको अख्तियारले जनाएको छ ।

घुस रकमसहित पक्राउ पर्नेमा नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् । उनीहरुको साथबाट तीन लाख २० हजार रुपैँया बरामद भएको अख्तियारले जनाएको छ । जग्गा नापजाँच गरि लालपूर्जा बनाई दिने भन्दै उनीहरुले सेवाग्राहीबाट रकम माग गरेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १७:०६