सूचनाको शक्ति - The Power Of Information

        

थप १९४५ मा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २९८ पुगेको छ ।

त्यस्तै, आज शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ५ हजार ३६४ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या १ लाख ९१ हजार २ रहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्न ल्याबमा जम्मा १० हजार ३४१ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १६ लाख ४३ हजार ९०० पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १६:३८