सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । गृह मन्त्रालयले मंसिर ७ गतेदेखि लागू हुनेगरी एसएसपीहरुको सरुवा गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्यले जिम्मेवारी पाएका छन् ।

यस्तै यसअघि काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवाली काठमाडौं महानगरीय प्रहरी प्रमुख रहेका श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखाको जिम्मेवारी पाएका छन् । त्यसैगरी ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

हेर्नुहोस् सरुवा भएका एसएसपीहरुको सूची :

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १५:४६