सूचनाको शक्ति - The Power Of Information

        

मानवअधिकार रक्षक सञ्जालको समिक्षा

बझाङ । जिल्लास्तरीय मानवअधिकार रक्षक सञ्जाल बझाङको समिक्षा कार्यक्रम बझाङमा शुक्रबार सम्पन्न भएको छ । जिल्लामा भएका मानवअधिकारका घटनाहरुमाथि छलफल गर्दै जिल्लामा हालसम्म भएका मानवअधिकार हनन् लगायतका कुराहरुमा छलफल भएको छ ।

अनौपचारिक सेवा केन्द्र इन्सेक र डिसिएको आर्थिक सहयोगमा आयोजना गरिएको उक्तm समिक्षा कार्यक्रममा मानवअधिकारका विभिन्न विषयहरुमा रहेर छलफल गरिएको छ । उक्त बैठकले मानवअधिकार रक्षक सञ्जालको मासिक बैठक बस्ने, मष्टा गाउँपालिका–२ की पीडित बालिकालाई आर्थिक सहयोगका लागि सञ्जालको तर्फबाट समन्वय तथा पहल गर्ने निर्णय गरेको छ ।

त्यत्स्तै मानसीकरुपमा अस्वस्थ रहेकी जयपृथ्वी नगरपालिका–११ कि तारा खड्कालाई उपचारका लागि सञ्जालको तर्फबाट आवश्यक पहल तथा समन्वय गर्ने निर्णयसमेत गरेको छ । सञ्जालले बझाङ जिल्लामा मानवअधिकारका घटनालाई समेत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिएको छ । बेरोजगारी र मदिराका कारण जिल्लामा हिंसाका घटनाहरु बढ्न थालेकोले चिन्ता समेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १४:११