सूचनाको शक्ति - The Power Of Information

        

हानका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु

काठमाडौं । कोरोना संक्रमण भएका होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ ।

७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो ।

शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् । उनका एक छोरा डाक्टर हुन् । छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ॐ अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ११:०१