लखनउ । भारतको उत्तर प्रदेशको प्रतापगढमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्रयागराज–लखनऊ राजमार्गमा जिप र ट्रक ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो ।
विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
चालक निदाएका कारण दुर्घटना भएको अनुमान स्थानीय प्रहरी अधिकारीले गरेका छन् । टायर पञ्चर भएका कारण उक्त ट्रक सडक किनारमा रोकिएको थियो । दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा खटिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
सत्यपाटी ।