काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले तराई मधेस र पहाडका नेपाली समुदायबीच सेतुको रुपमा काम गरेको बताउनुभएको छ ।
विविधतायुक्त नेपाली समाजमा यस्ता चावपर्वले अन्तरसम्बन्धलाई अझ बढी मजबूत बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीले बताउनुभएको हो ।
आज छठ पर्वका अवसरमा शुभकामना दिँदै उहाँले छठ पर्वको यस उल्लासका बीच कोभिड १९ को महामारीलाई सामना गरिरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गर्नुभयो ।
कोरोना महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्याएको उहाँको भनाई छ ।
जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अघि बढाइरहेका उहाँको दावी छ ।
सत्यपाटी ।