मोरङ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ।
अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५:५० बजेतिर मृत्यु भएको हो। पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट कात्तिक २७ गते पोजिटिभ आएको थियो।
कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा मृत्यु भएको देवले बताए। उनका अनुसार मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेका वृद्धलाई पछिल्लो समय ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने समस्या थपिएको थियो।
सत्यपाटी ।