सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा सुत्केरी हुने क्रममा युवतीको मृत्यु

दैलेख । दैलेखको नारायण नगरपालिका- ११ विन्ध्यवासिनीमा सुत्केरी हुने क्रममा १८ वर्षीया युवतीको मृत्यु भएको छ।

माइती घरमा लडेर घाइते भएकी १८ वर्षीया दीपा विकको शल्यक्रियामार्फत सुत्केरी गराउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार उनी दैलेखकै भगवतीमाई गाउँपालिका २ मा रहेको माइती घरमा लड्दा गम्भीर घाइते भएकी थिइन्।

घाइते दीपालाई उपचारका लगि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। लड्दा पेटमा गम्भीर चोट लागेकी दीपाको अस्पतालमा शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा मृत्यु भएको हो। उनका नवजात शिशुको पेटमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

दीपाका देवर पूर्ण विकका अनुसार स्वास्थ्यकर्मीले २५ मंसिरमा उनलाई सुत्केरी हुने मिति तोकेका थिए। पेटमा चोट लागेका कारण समय अघि नै उनको शल्यक्रिया गरिएको थियो।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार ०९:३४