सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट दाङका ५६ वर्षीय पुरुषको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमणबाट विहीबार विहान नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत थप एकजनाको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान २.२० बजे मृत्यु भएको हो ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती पुरुषले कात्तिक २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाव दिएका थिए । स्वाब परीक्षणपछि उनमा २५ गते कोरोना पुष्टि भएको थियो । लगत्तै उनी होम आइसोलेसनमा बसेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइसोलेसनमा बसेका उनको श्वासप्रश्वासमा समस्या भएपछि उनलाई २७ गते मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको थियो ।

उनी मधुमेह र मृगौलाका विरामी थिए । रोगको प्रकृति अनुसार सबै खाले उपचार गर्दा पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाका ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार ०८:३४