सूचनाको शक्ति - The Power Of Information

        

युगाण्डामा निर्वाचनको प्रचारका क्रममा भएको झडप, तीन जनाको मृत्यु

काठमाडौं । युगाण्डामा भएको झडपमा तीन जनाको मृत्यु भएको छ भने ३५ जना गम्भीर घाइते भएका छन् ।

विपक्षी दलको तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार रोबर्ट कयागुलानीको गिरफ्तारीको विरोधमा भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा बल प्रयोग गर्नुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

प्रदर्शनकारीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले गोली चलाएको समाचारमा जनाइएको छ । निर्वाचनको प्रचारका क्रममा विपक्षी दलका नेताले सरकारले तोकेको स्वास्थ्यको मापदण्ड पालना नगरेको भन्दै नेताहरुलाई पक्राउ गरेको हो ।

चुनावी सभामै आफ्ना नेता पक्राउ गरेको भन्दै समर्थकहरुले विरोध गर्नुका साथै हिंसात्मक प्रदर्शन सुरु गरेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले गोली चलाएको सरकारी अधिकारीहरुले दावी गरेका छन् ।

घटनामा संलग्न रहेको आशंकामा अन्य केहीलाई पक्राउ गरेर थप अनुसन्धान जारी राखेको अधिकारीहरुले जनाएका छन् ।

निर्वाचन नजिकीएसँगै स्वास्थ्य मन्त्रालयले गत हप्ता कोरोना महामारीबाट बच्नका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको थियो ।(एजेन्सी)

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार ०७:४३