सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य तोलाको कति?

काठमाडौं । बुधबार सुनको भाउ घटेको छ ।

गत शुक्रबार छापावाल सुन तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार ११:४४