बाँके । भारतको मध्य प्रदेशमा गाई संरक्षण तथा संवर्धनका लागि गाई मन्त्रिमण्डल गठन गर्ने निर्णय लिइएको छ । पशुपालन, वन, पञ्चायत एवं ग्रामीण विकास, राजस्व, गृह एवं किसान कल्याण विभागलाई गाई मन्त्रिमण्डलमा समावेश गरिएको छ । गाई मन्त्रिमण्डलको पहिलो बैठक गोपाष्टमीको दिन अर्थात् आइतवार मध्याह्न बस्ने जनाइएको छ ।
मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार बैठक सालरिया आगर मालवामा हुनेछ । त्यसअघि मध्यप्रदेश सरकारले लभ जिहादमा कानून बनाउने निर्णय लिएको थियो । राज्यका गृहमन्त्री नरोत्तम मिश्राले यो गैरजमानती अपराध हुने र दोषीहरूलाई पाँच वर्षसम्मको सजायको प्रावधान हुने बताएका छन् । उत्तर प्रदेश सरकारले पनि कानून बनाउने कुरा गरिसकेको छ ।
सत्यपाटी ।