सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि छठपर्व सुरु

s}nfnL, !^ sflQs -/f;;_ M 57 kj{sf] cj;/df zlgaf/ ;fFem wgu9Lsf] df]xgf gbL t6df c:tfpFbf] ;'o{nfO{ c3{ lbb}+ eQmfn' dlxnfx? . kl5Nnf] ;do df]xgf gbL t6df nufOPsf 6]G6 3/df dw]zL ;d'bfosf ;fy} kxf8L ;d'bfox? klg o; kj{df a|t a;L k"hfdf ;+nUg x'g] ub{5g . t:jL/ M ltns/fh cf]emf

काठमाडौं । आजदेखि छठपर्व सुरु भएको छ ।

भगवान सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजदेखि सुरु हुने भएको हो ।

अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले आज शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।

पञ्चमी तिथिमा भोलि दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् । त्यसपछि घरको देवीदेउताको पूजामा चढाइएको खीर प्रसादको रुपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ ।

यस विधिलाई खरना भनिन्छ । भगवान सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवासमा बसेर साँझमात्र प्रसाद ग्रहण गरेर पुनः उपवासको निरन्तरता दिन्छन् । त्यसपछि, सप्तमी तिथिको बिहानसम्म अर्थात कम्तीमा ५० घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ ।

त्यसपछि, षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।

छठ पर्वमा भगवान सूर्यलाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ ।

यो पर्व एकपल्ट सुरु गरेपछि हरेक वर्ष गर्नुपर्ने हुन्छ । कतिपय व्रतालुले भने परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व सुरु गर्ने गरेका छन् ।

पर्व मनाउने परिवारका व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही व्रतालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार ०८:१८