सूचनाको शक्ति - The Power Of Information

        

डोनाल्ड ट्रम्पको योजनाप्रति आपत्ति जनाउँदै रिपब्लिकनहरुले दिए चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट आफ्ना सैनिक कटौती गर्ने योजनाप्रति रिपब्लिकनहरुले चिन्ता ब्यक्त गरेका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तान र इराकमा तैनाथ २५ सय अमेरिकी सेना कटौती गर्ने जनाएसँगै रिपब्लिकनहरुले चिन्ता ब्यक्त गरेको हो ।

अमेरिकी माथिल्लो सदनका नेता भिच म्याकोनेलले ट्रम्पको योजना गलत भएको भन्दै राष्ट्रपति पद त्याग गर्नु अघि रक्षा र विदेश नीतिमा परिवर्तन नगर्न चेतावनी समेत दिएका छन् ।

उनीहरुले ट्रम्प प्रशासनले यो निर्णय फिर्ता नलिए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।

यसअघि अमेरिकी रक्षा सचिव क्रिस मिलरले यो कदमले यी दुई देशमा रहेका आफना सैनिकहरुले आफनो उत्तरदायित्व बहन गरेको जनाउँदै घर फर्काउने नीति अबलम्बन गरिने जनाइसकेको छ ।(एजेन्सी)

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार ०७:४५