काठमाडौं । दीपावली एवम् छठ पर्वको अवसरमा भारतबाट अवैध रुपमा भित्र्याइएका पटाकाजन्य पदार्थ सिरहा प्रहरीले नष्ट गरेको छ ।
चाडपर्वको समय विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले साढे ५ लाख ५५ हजार पाँचसय मूल्यको पटाकाजन्य सामग्री नियन्त्रणमा लिई नष्ट गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सिरहा र मातहत सबै कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा नियन्त्रण लिएका पटाकाजन्य सामग्री शुक्रबार बेलुका स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा पत्रकारहरुको रोहबरमा नष्ट गरेको हो ।
सत्यपाटी ।