सूचनाको शक्ति - The Power Of Information

        

जर्जियामा पनि बाइडेन विजयी, ट्रम्पमाथि फराकिलो अग्रता

काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा पनि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी हुनुभएको छ ।

१६ इलेक्टोरल मत रहेकमो जर्जियामा विजयी भएसँगै बाइडेनले राष्ट्रपति निर्वाचनका रिपब्लिकन प्रत्यासी डोनाल्ड ट्रम्पमाथि फराकिलो अग्रता बनाउनुभएको छ ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार अमेरिकाका सबै ५० राज्यको मतगणना सकिंदा बाइडेनले ३ सय ६ इलेक्टोरल मत सुरक्षित गर्नुभएको छ भने ट्रम्पले २ सय ३२ मत पाउनुभएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा कुल ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भएको मानिनेछ ।

यसअिघ बाइडेनले एरिजोना राज्य जित्नुभएको थियो भने ट्रम्पले नर्थ क्यारोलिना जित्नुभएको थियो ।

ट्रम्पको चुनावी अभियानले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै एरिजोना, जर्जियासहित कैयौं राज्यमा उजुरी दर्ता गराएको छ ।

तर बाइडेनको जितको अन्तर फराकिलो रहेकोले ट्रम्पको कानुनी प्रयास खेर जाने जानकारहरु बताउँछन् ।(एजेन्सी)

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार ०९:३०